दफा १०
औषधिको गुण नियन्त्रणको लागि आवश्यक पर्ने साधनहरु
कुनै पनि औषधिको गुणस्तर मूल्याङ्कन गर्न वा गुण नियन्त्रणको लागि आवश्यक पर्ने विधि र साधनहरु नेपाल आधिकारिक औषधि संग्रह तथा विभागबाट स्वीकृत अन्य ग्रन्थ र स्वीकृत स्तरमा उल्लेख भए बमोजिम हुनेछ ।